काठमाडौं । भिजिट भिसा प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख एवं सहसचिव तीर्थराज भट्टराईलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।
आज विशेष अदालत काठमाडौँले भट्टराईलाई २५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । न्यायाधीश डिल्लीरत्न श्रेष्ठले उनलाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने राय दिएका थिए भने बहुमत न्यायाधीशले २५ लाख धरौटी माग गर्नुपर्ने राय दिएका थिए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराईसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।









प्रतिक्रिया