काठमाडौं । अर्जेन्टिनाका विश्वप्रसिद्ध फुटबल सुपरस्टार लियोनेल मेस्सी ‘द जीओएटी इंडिया टुर २०२५’ अन्तर्गत भोलि (डिसेम्बर १३) भारत आउने भएका छन्। उनी बिहान कोलकाताको साल्ट लेक स्टेडियममा अवतरण गर्ने कार्यक्रम छ।
आयोजकका अनुसार मेस्सीसँग नजिकबाट भेटेर फोटो खिच्न मात्र जीएसटी बाहेक करिब ९.९५ लाख रुपैयाँ तिर्नुपर्नेछ । यो टुर कोलकाता, हैदराबाद, मुम्बई र नयाँ दिल्ली गरी चार सहरमा आयोजना हुनेछ।
मेस्सीसँगै उनका टिममेटहरू लुइस सुआरेज र रोड्रिगो डी पल पनि सहभागी हुनेछन्। कार्यक्रमहरूमा सार्वजनिक उपस्थिति, सांस्कृतिक प्रस्तुति र सेलिब्रिटी फुटबल प्रदर्शन सामेल रहनेछ।
कोलकातामा मेस्सीले एक मैत्रीपूर्ण खेल खेल्ने, ७० फिट अग्लो आफ्नै मूर्ति भर्चुअल रुपमा अनावरण गर्ने तथा बलिउड अभिनेता शाहरुख खान र पूर्व क्रिकेट कप्तान सौरभ गांगुलीसँग भेट गर्ने तयारी छ।
यात्रा अघि मेस्सीले सामाजिक सञ्जालमा भारतलाई फुटबलप्रेमी देश भन्दै फ्यानहरूसँग भेट्न पाउँदा उत्साहित रहेको बताएका छन्।








प्रतिक्रिया