१६ असार २०८३, मंगलबार

एमालेले विधान संशोधन नगर्ने

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)ले विधान संशोधन नगर्ने निर्णय गरेको छ । आज पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकपछि उपहासचिव प्रदीप ज्ञवालीले विधान संशोधन नगरिने जानकारी दिए ।

भदौ २०–२२ मा भएको विधान महाधिवेशनबाट पारित विधान नै कायम राख्ने निर्णय भएको हो । अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिव गरी १५ सदस्य रहने व्यवस्था विधानमा छ । पदाधिकारीको संख्या थपिने चर्चा भएको थियो ।