थाइल्यान्ड । कम्बोडियासँग सीमामा एक हप्तासम्म भएको झडपपछि थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुलले संसद् भंग गरेका छन् ।
योसँगै अब त्यहाँ ४५ देखि ६० दिन भित्र आम चुनाव हुने बीबीसीले जनाएको छ । आज जारी आदेशमा प्रधानमन्त्री चार्नविराकुलले भनेका छन्, ’मेरो अल्पसंख्यक सरकारले तीन महिनाअघि सत्तामा आएदेखि सीमामा भएका घातक झडपसहित धेरै चुनौतीको सामना गरेको छ ।’
अगाडि लेखेका छन्, ’उपयुक्त समाधान भनेको संसद् भंग गर्नु हो, जुन जनतालाई राजनीतिक शक्ति फिर्ता गर्ने प्रक्रिया हुनेछ ।’
व्यापारीबाट राजनीतिकर्मी बनेका अनुतिन अगस्ट २०२३ पछि थाइल्यान्डको तेस्रो प्रधानमन्त्री बनेका थिए । सेप्टेम्बरमा सत्तामा आएपछि उनले जनवरीको अन्त्यसम्ममा संसद् भंग गर्ने वाचा गरेका थिए ।









प्रतिक्रिया