२९ जेष्ठ २०८३, शुक्रबार

चीनले गर्‍यो नेपाल, यूएई र इजिप्टका लागि भूउपग्रह प्रक्षेपण

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चीनले लिजियन–१ वाई ११ नामक किनेटिका–१ क्यारियर रकेट प्रक्षेपण गरेको छ । रकेटमा नौ उपग्रह सवार थिए, जसमध्ये नेपाल, संयुक्त अरब इमिरेट्स (यूएई) र इजिप्टका लागि तीन अन्तर्राष्ट्रिय ‘पेलोड’ रहेका छन् ।

नौ उपग्रहलाई पूर्वनिर्धारित कक्षमा पुयाएपछि यो प्रक्षेपण मिसन पूर्ण सफल घोषित गरिएको चिनियाँ सञ्चारमाध्यम ‘ग्लोबल टाइम्स’ले उल्लेख गरेको छ ।

प्रक्षेपणयान विकासकर्ता सीएएस स्पेसका अनुसार, चीनको विज्ञान प्रतिष्ठान (सीएएस) का धेरैजसो उपग्रहले सहरी योजना, विपत्ति रोकथाम तथा न्यूनीकरण, जलस्रोत व्यवस्थापन र मौसम विज्ञानजस्ता प्रयोजनलाई सहयोग गर्ने बताइएको छ ।

बुधबारको मिसनमा प्रक्षेपित ‘स्लिपर्स–२ स्याट’ (एस२एस) उपग्रह अन्तरिक्ष प्रतिष्ठान नेपाल र एमेच्योर रेडियो डिजिटल कम्युनिकेसन्स फाउन्डेसनले संयुक्त रूपमा सुरु गरेको शैक्षिक परियोजना हो ।

यो परियोजनाको उद्देश्य नेपालका सीमान्तकृत समूह, कम आय भएका समुदाय र आदिवासी जनसंख्यालाई प्रेरित, प्रोत्साहित र शैक्षिक सहयोग प्रदान गर्ने रहेको छ ।

परियोजनाको मुख्य लक्ष्य नेपाली जुनियर–हाई विद्यार्थीलाई स्वतन्त्र रूपमा नेपालको तेस्रो १–यू क्युब्स्याट डिजाइन तथा निर्माण गर्न सहयोग गर्नु हो ।

साथै, विश्वभरका एमेच्योर–रेडियो प्रयोगकर्ताका लागि एमेच्योर रेडियो ब्यान्डमा सफ्टवेयरमा आधारित डिजिटल रिपिटर प्रणाली प्रदर्शन तथा प्रवद्र्धन गर्नु पनि यस परियोजनाको उद्देश्य रहेको बताइएको छ ।

यसैगरी, ‘अरब उपग्रह ८१३’ सीएएसको सांघाईस्थित इनोभेसन एकेडेमी फर माइक्रोस्याटेलाइट्सले विकास गरेको हाइपरस्पेक्ट्रल पृथ्वी अवलोकन उपग्रह हो ।

यससँग सम्बन्धित ग्राउन्ड–सिस्टम निर्माणसहित हाइपरस्पेक्ट्रल इमेजर, प्यानक्रोम्याटिक क्यामेरा र वायुमण्डलीय ध्रुवीकरण सुधारकजस्ता मुख्य पेलोड पनि समावेश छन् ।

बुधबार लिजियन–१ प्रक्षेपणयानमै सवार एसपिनेक्स उपग्रह इजिप्ट स्पेस एजेन्सी, इजिप्ट एकेडेमी अफ साइन्स र टेक्नोलोजीले संयुक्त रूपमा विकास गरेका हुन् । यसमा प्लाज्मा डायग्नोस्टिक र पृथ्वी अवलोकन पेलोड रहेका छन् ।

यसको मुख्य मिसन भनेको जलवायु परिवर्तन र आयोनोस्फेरिक परिवर्तनको प्रभाव अनुगमन गर्नु रहेको छ ।

सीएएस स्पेसले अहिलेसम्म २६ घरेलु र ६ अन्तर्राष्ट्रियसहित ३२ उपग्रह ग्राहकलाई सेवा प्रदान गरेको छ । यसको प्रक्षेपण–सेवा फुटप्रिन्ट चीन, युरोप, उत्तर अमेरिका, दक्षिण एसिया, मध्यपूर्व, उत्तर अफ्रिका तथा अन्य क्षेत्रका देशमा फैलिएको छ ।

लिजियन–१ ले हालसम्म ८४ उपग्रहलाई अन्तरिक्षमा पु¥याएको छ, जसको कुल इन–अर्बिट पेलोड भार ११ टनभन्दा बढी पुगेको छ । यसले चीनको व्यावसायिक प्रक्षेपण–सेवा क्षेत्रमा उल्लेखनीय बजार हिस्सा ओगटेको सीएएस स्पेसले जनाएको छ ।

लिजियन–१ प्रक्षेपण यानका प्रमुख डिजाइनर शी सियाओनिङका अनुसार, सीएएस स्पेसले आगामी दिनमा आफ्नो ‘लिहोङ’ सिरिज स्पेसक्राफ्ट प्रयोग गरी प्रक्षेपण यान पुनःप्राप्ति तथा पुनःप्रयोग प्रविधि परीक्षण गर्ने योजना बनाएको छ ।