२८ असार २०८३, आइतबार

विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को क्वालिफायरमा लुम्बिनी लायन्सले विराटनगर किङ्गसलाई १३५ रनको लक्ष्य दिएको छ ।

टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रन बनाएको हो । लुम्बिनीका लागि ओपनर डार्सी सर्टले सर्वाधिक ४५ रन बनाए । उनले कप्तान रोहित पौडेलसँग दोस्रो विकेटका लागि ६९ रनको साझेदारी गरेका थिए । रोहित ३४ रनमा आउट भए ।

दिनेश अधिकारी १, निरोशन डिक्वेला २९, सन्दीप जोरा, जेजे स्मिथ, दिलिप नाथ १ र शेर मल्ल ७ रनमा आउट भए । अभिषेश गौतम २ र रुवेन ट्रम्पलम्यान ११ रनमा अविजित रहे ।

बलिङमा विराटनगरका सुवाश भण्डारी र प्रतिश जिसीले ३–३ तथा कप्तान सन्दीप लामिछानेले दुई विकेट लिए ।

यो खेलको विजेताले उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ।