२५ जेष्ठ २०८३, सोमबार

मोरङमा प्रहरीले फेला पार्‍यो ९ क्विन्टलभन्दा बढी गाँजा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर । मोरङ प्रहरीले रंगेली नगरपालिका–८ बाट गए राति बेवारिसे अवस्थाामा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले २९ वटा बोरामा लुकाइछिपाइ राखेको अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद गरेको प्रहरी उपरीक्षक कवित कटवालले जानकारी दिए ।

घटनापछि गाँजा ओसारपसारमा लाग्ने व्यक्तिको खोजी भइरहेको उनले बताए । रासस