रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दा आज पनि हेर्न नमिल्नेमा परेको छ ।
बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र सङ्गठित अपराध अभियोगको मुद्दामा न्यायाधीशद्वय तेजनारायण पौडेल र सागर विष्टको इजलासमा मुद्दाको पेशी तोकिएपनि हेर्न नमिल्नेमा परेको हो ।
न्यायाधीश सागर विष्टका आफन्त नै उक्त मुद्दामा जाहेरवालातर्फको कानून व्यवसायी पर्ने भएकाले हेर्न नमिल्नेमा परेको बताइएको छ ।









प्रतिक्रिया