८ असार २०८३, सोमबार

एमालेको महाधिवेशनका लागि २६ र २७ गते नागढुंगा-मलेखु सडक पूर्ण रूपमा खुला गरिने

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)को महाधिवेशनका लागि यहि मंसिर २६ र २७ गते नागढुंगा मलेखु सडकखण्ड पूर्ण रूपमा सञ्चालन गर्न दिइने भएको छ ।

यसअघि सरकारले आजबाट नागढुंगा-मलेखु सडकखण्ड स्तरोन्नति र कालोपत्र गर्न दैनिक पाँच घण्टा सडक बन्द गर्ने निर्णय गरेको थियो । सडकखण्डमा आजदेखि आगामी पुस १ गतेसम्म बिहान साढे १० देखि दिउँसो साढे ३ बजेसम्म दैनिक पाँच घण्टा सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो ।

राष्ट्रिय युवा संघ नेपाल अध्यक्ष क्षीतिज थेबेसहित टोलीले मन्त्री घिसिङलाई भेट्दै राजमार्ग सञ्चालन निरन्तर राख्न आग्रह गरेपछि २६ र २७ मंसिरमा काठमाडौं प्रवेश गर्ने यो राजमार्ग पूर्णरूपमा सञ्चालन गर्ने निर्णय भएको हो ।