काठमाडौं । काठमाडौं गुर्खार्जलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिगको दोश्रो क्वालिफायरमा प्रवेश गरेको छ ।
आज त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले काठमाडौंलाई चार विकेटले पराजित गरेको हो । हारसँगै काठमाण्डूको यात्रामा भने पूर्णविराम लागेको छ ।
काठमाण्डूले प्रस्तुत गरेको ११२ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
लुम्बिनीका लागि ओपनर डार्सी सर्टले सर्वाधिक ३३ रन बनाए । दीनेश अधिकारी ४, कप्तान रोहित पौडेल १८, सन्दीप जोरा २३, निरोशन डिक्वेला १४ र दिलिप नाथ ७ रनमा आउट भए । जेजे स्मिथ र रुवेन ट्रम्पलम्यान ५ रनमा अविजित रहे ।
बलिङमा काठमाण्डुका सन्तोष यादवले दुई, सन्नी पटेल, शाहव आलम, कप्तान करण केसी र रसिद खानले एक/एक विकेट लिए ।









प्रतिक्रिया