काठमाडौं । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले पनि सचिव पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । आगामी ११औँ महाधिवेशनमा उनले उम्मेदवारी दिने तयारी गरेका हुन् ।
पाँच दशकभन्दा बढी समय कम्युनिस्ट आन्दोलनमा बिताएका पोखरेल वागमती प्रदेशका प्रभावशाली नेता मानिन्छन् । पत्रकारिताबाट राजनीतिक यात्रा सुरु गरेका उनले पार्टी संगठन, वैचारिक नेतृत्व र संघर्षको लामो अनुभव बोकेका छन् । पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमेत रहेका पोखरेल संसदमा तार्किक बहसका कारण चर्चित छन् ।
‘गन्तव्य समाजवाद’ र ‘कम्युनिष्ट पार्टी निर्माणका आधार’ पुस्तकका लेखक पोखरेल हाल काठमाडौँ जिल्ला इन्चार्जका रूपमा सक्रिय छन् । महाधिवेशनको तयारीसंगै उनी व्यापक जनपरिचालनमा जुटेका छन् । संगठनात्मक क्षमता, वैचारिक स्पष्टता र दीर्घ राजनीतिक अनुभवका कारण उनी सचिव पदका बलिया दाबीदारका रूपमा हेरिएका छन् ।








प्रतिक्रिया