काठमाडौं । देशकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले वर्षकै सर्वाधिक ठूलो शपिङ सिजनको ग्रान्ड फाइनलका रूपमा १२.१२ ग्राण्ड इयर एन्ड सेलको घोषणा गरेको छ । यो सेल डिसेम्बर ११ (मंसिर २५, २०८२)को राति ८ बजे लाइभ हुँदै डिसेम्बर १८ (पुस ३, २०८२)सम्म सञ्चालन हुने दराजले जानकारी दिएको छ ।
कम्पनीका अनुसार सेलमार्फत ग्राहकहरूले ८० प्रतिशतसम्मको फ्ल्यास सेल, ७० प्रतिशतसम्मको मेगा डिल, र छानिएका सामानहरूमा निःशुल्क ढुवानी सुविधाको फाइदा पनि लिन सक्नेछन् । यस वर्षको १२.१२ सेलमा साझेदार ब्रान्डहरूमार्फत आकर्षक छुटहरु पनि प्रबन्ध मिलाइएको छ । सेलका लागि प्लाटिनम पार्टनर सेताफिलले ४१ प्रतिशतसम्मको छुट, गोल्ड पार्टनर र्होटो, ब्राण्डहाउस र एईविबीमार्फत ६० प्रतिशतसम्म छुट र सिल्भर पार्टनर स्ट्रिक्स, नाईक र लोट्टो नेपालका तर्फबाटे ५० प्रतिशतसम्मको आकर्षक छुट पनि उपलब्ध हुने जानकारी दिइएको छ ।
कम्पनीका अनुसार यो सेलको प्रमुख आकर्षणका रुपमा क्रेजी फ्ल्याश सेल पनि रहनेछ । क्रेजी फ्ल्याश सेल, डिसेम्बर ११ को राति ८ बजेदेखि सुरु गरिनेछ । यसका साथै, सिमित स्टकमा उपलब्ध गरिने फ्ल्यास डिलहरूसँगै, सेल अवधिभर दैनिक फ्ल्यास सेल प्राइस ड्रप अफरहरूबाट पनि लाभ उपभोक्ताहरुले मनग्य लाभ लिन सक्नेछन् । यस पटक, खल्टी वालेट प्रयोगकर्ताहरुका लागि सेल अवधिभर १० प्रतिशतसम्म (अधिकतम २०० रुपैयाँ)को छुट लगायत अफरहरुको पनि व्यवस्था गरिएको छ । यो सुविधामार्फत क्याशलेस भुक्तानीलाई अझ सहज र लाभदायक बनाउनका लागि उल्लेख्य तेवा पुग्नेमा कम्पनी विश्वस्त रहेको छ ।
दराजले यस पटक आफ्ना ग्राहकहरूका लागि आकर्षक उपहारहरु जित्ने सुनौलो अवसर पनि प्रदान गर्ने भएको छ । एड टू कार्ट एन्ड विन र बाई एन्ड विन फिचर मार्फत ७ जना भाग्यशाली ग्राहकहरुले विभिन्न आकर्षक उपहारहरु जित्न सक्नेछन् । एड टू कार्ट एण्ड विन अन्तर्गत, १०,००० रुपैयाँभन्दा बढीका सामान कार्टमा राख्दा एक भाग्यशाली ग्राहकले अलेवा स्टील स्मार्टवाच, ड्रिपपड्स इयरबड्स, र गिज्मो पावर बैंक (कुल मूल्य १२,९९९ रुपैयाँ पर्ने) लगायत उपहारहरु जित्ने सुनौलो अवसर प्राप्त गर्नेछन् ।
कम्पनीका अनुसार बाई एन्ड विन अन्तर्गत, कुनै पनि पेमेन्टका माध्यमबाट ५,००० रुपैयाँभन्दा बढीको अर्डर गर्ने ग्राहकहरूले निम्न उपहारहरूका लागि लक्की ड्रमा सहभागिता जनाउन सक्नेछन् :
मूल्य १६,३०० रुपैयाँ पर्ने हावेल्स बन्डल – १ जना विजेता
मूल्य १४,९०० रुपैयाँ पर्ने लोट्टो ईनर्जेक्स ह्वाइट नेभी रनिंग शुज – १ जना विजेता
मूल्य २,४९९ रुपैयाँ पर्ने रेडमी बड्स फाइभ ए – २ जना विजेता
मूल्य ४,४९९ रुपैयाँ पर्ने सियाओमी क्यामेरा सी२०० – २ जना विजेता
ब्राउज गर्दा होस् वा किनमेल, ग्राहकहरूले दराज १२.१२ ग्रान्ड इयर एन्ड सेलमार्फत बृहत बचत तथा ठूला आकर्षक अफरहरु दुवै प्राप्त गर्न सक्नेछन् । ग्राहकहरूले बेष्ट प्राइस ट्याग भएका सामग्रीहरूमा विशेष ध्यान दिन सक्नेछन् । यसमा सम्मिलित सामग्रीहरु उपभोक्ताले नेपालभित्र कुनैपनि अन्य अनलाइन प्लेटफर्ममा सोही उत्पादन कम मूल्यमा भेटिएमा, दराजले मूल्य अन्तरको दोब्बर रकम उपभोक्तालाई फिर्ता गर्ने बाचा गरेको ( शर्तहरू लागू हुनेछन्) कम्पनीको भनाइ छ ।








प्रतिक्रिया