१९ असार २०८३, शुक्रबार

टियागो इभीमा मेडिकल प्रोफेशनलहरूका लागि विशेष अफर, हरेक बुकिङमा लिटम्यान स्टेथोस्कोप

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । टाटा मोटर्स नेपालका लागि एकमात्र अधिकृत वितरक सिप्रदी ट्रेडिङ प्रालिले समाजका लागि निरन्तर सेवा गरिरहेका मेडिकल समुदायप्रति सम्मान व्यक्त गर्दै टियागो इभीका लागि विशेष योजना सार्वजनिक गरेको छ ।

यस योजनाअन्तर्गत टियागो इभी किन्न इच्छुक मेडिकल क्षेत्रका ग्राहकहरूले आकर्षक उपहार, ठूलो नगद छुट तथा प्रिमियम सेवाहरू प्राप्त गर्न सक्नेछन् । साथै, हरेक टियागो इभीको बुकिङमा लिटम्यान स्टेथोस्कोप प्रदान गरिनेछ ।

कम्पनीका अनुसार अफरको मुख्य आकर्षणका रूपमा ग्राहकले तीन उत्कृष्ट उपहार विकल्पमध्ये कुनै एक रोज्न सक्नेछन्– जोडीका लागि बाली भ्रमण, आईफोन १७ प्रो म्याक्स, वा सबैभन्दा ठूलो नगद छुट । योजनामा थप रूपमा उच्चतम एक्सचेन्ज मूल्य, जीवनभरका लागि डीसी फास्ट चार्जिङ सुविधा, एक वर्षको सवारी कर, निःशुल्क एक्सेसरीज, तथा फ्री होम चार्जर इन्स्टलेसन जस्ता सुविधाहरू पनि समावेश छन् । साथै, मेडिकल समुदायको परिचयपत्र प्रस्तुत गर्दा थप नगद छुट समेत उपलब्ध हुनेछ ।

यी सुविधाहरूले मेडिकल समुदायका ग्राहकलाई अझ सहज, किफायती र भरपर्दो अनुभव प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।