काठमाडौं । म्यानमारबाट ४७ जना नेपालीको उद्वार गरिएको छ ।
झुक्क्याएर म्यानमार पुर्याएर अवैध अनलाइन स्क्यामिङ लगाइएका ४७ नेपालीको उद्धार गरिएको हो ।
उद्वार गरिएकामा ४५ पुरुष र २ महिला छन्। पीडितहरूलाई सामाजिक सञ्जालमार्फत प्रलोभनमापारी म्यानमार पुर्याइएको थियो, जहाँ उनीहरूलाई शारीरिक र मानसिक यातना दिइएको थियो।
दूतावासले म्यानमार, थाइल्यान्ड र लाओसका सीमा क्षेत्रमा रहेका स्क्यामिङ सेन्टरहरूबाट नेपालीहरूको उद्धार कार्य जारी राखेको जनाएको छ।
चालू आर्थिक वर्षमा मात्रै हालसम्म १४१ जनाको उद्धार गरी नेपाल पठाइएको दूतावासले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।








प्रतिक्रिया