काठमाडौं । बेलायतमा कारको ठक्करबाट एकजना नेपाली विद्यार्थीको मृत्यु भएको छ । चर्चित ब्रिटिस र्यापर क्लार्क स्यामुएलले चलाएको गाडीको ठक्करले नेपाली विद्यार्थी युविन तामाङको मृत्यु भएको हो ।
बेलायतको महानगरीय प्रहरी लन्डनले दुर्घटनामा संलग्न गेट्स नामले चर्चित कलाकार स्यामुएलले आफ्नो संलग्नता स्वीकार गरेको जानकारी दिएको छ । गत अक्टोबर १८ राति ११:३० बजे ९स्थानीय समय० इल्फोर्डको रेडब्रिजमा २० वर्षीय नेपाली विद्यार्थी तामाङलाई ठक्कर दिएपछि स्यामुएल भागेका थिए।
ठक्कर दिएको दुई दिनपछि उपचारका क्रममा तामाङको मृत्यु भएको थियो।उनी युनिभर्सिटी अफ रोह्याम्पटनमा ‘बिएस्सी बिजनेस म्यानेजमेन्ट’ दोस्रो वर्षमा अध्ययनरत थिए।








प्रतिक्रिया