काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार मुद्दामा विशेष अदालतले पाँच लाख धरौटी माग गरेकामा नागरिक उड्डयन प्राधिकरण (क्यान) का निलम्बित महानिर्देशक प्रदीप अधिकारीले धरौटी तिर्न अस्वीकार गरेका छन् ।
आज विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले अधिकारीसँग पाँच लाख धरौटी माग गरेको हो । तर उनले आफू जेलमै बस्नुपर्ने भएकाले धरौटी बुझाउन अस्वीकार गरेका हुन् ।
क्यानकै पूर्व निर्देशक मुरारी भण्डारी भने १ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । अधिकारी भक्तपुरको हेलीपोर्ट निर्माणमा भ्रष्टाचार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा छन् ।
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानिर्देशक अधिकारी र पूर्व निर्देशक भण्डारीसहित ५५ जना र एक चिनियाँ कम्पनी गरी ५६ प्रतिवादीविरुद्ध मुद्दा दायर गरेको थियो।















प्रतिक्रिया