२२ जेष्ठ २०८३, शुक्रबार

सुदूरपश्चिमसँग विराटनगर ७७ रनले पराजित, सुदूरपश्चिम फाईनलमा

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रिमियर लिग अन्तर्गत आजको खेलमा विराटनगर किंग्स सुदूरपश्चिम रोयल्ससँग पराजित भएको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा विराटनगर ७७ रनले पराजित भएको हो ।

सुदूरपश्चिमले दिएको एक सय ५६ रनको लक्ष्य पछ्याएको विराटनगर १४.१ ओभरमा ७८ रन बनाउँदा अलआउट भयो। विराटनगरका लागि ओपनर फाफ डु प्लेसिसले ३६ रनको सर्वाधिक योगदान दिए ।

विराटनगरलाई पराजित गर्दै सुदूरपश्चिम एनपीएलको फाइनलमा प्रवेश गरेको छ। विराटनगरले भने फाइनल पुग्न दोस्रो क्वालिफायर खेल्नुपर्नेछ। दोस्रो क्वालिफायरमा एलिमिनेटर खेलको विजेतासँग खेल्नेछ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पहिलो क्वालिफायरमा पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले सात विकेटको क्षतिमा एक सय ५५ रनको योगफल तयार पारेको थियो।

सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ६३ रनको योगदान दिए।