काठमाडौं । विशेष अदालतले पोखरा विमानस्थल भ्रष्ट्राचार मुद्दामा नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
त्यस्तै, तत्कालीन प्रबन्धक मुरारी भण्डारीलाइ १ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । विशेष अदालतका न्यायाधीशद्वय अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश डिल्लीराज श्रेष्ठको इजलासले उनीहरूको पदीय हैसियत, आरोप दाबी र परियोजनामा उनीहरूको भूमिका तथा संलग्नतालाई हेरेर अधिकारीलाई ५ लाख र भण्डारीलाई १ लाख धरौटी हुने आदेश गरेको हो ।








प्रतिक्रिया