२५ जेष्ठ २०८३, सोमबार

एमालेले देउवालाई दियो महाधिवेशनको निम्तो

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेले आगामी शनिबार हुने पार्टी महाधिवेशनको उद्घाटन समारोहमा अतिथिका रुपमा सहभागी हुन कांग्रेस सभापति शेरबहादुर देउवालाई निम्तो गरेको छ । एमालेको प्रतिनिधिमण्डलले निवासमै पुगेर देउवालाई निमन्त्रण दिएका हुन् ।

एमालेका पूर्वप्रमुख सचेतक महेश बर्तौला र महाधिवेशनमा अतिथि सत्कार समितिका संयोजक रघुवीर महासेठ देउवा निवासमा पुगेका थिए । देउवाले सकेसम्म आउने वचन दिएका छन् ।

भेटघाटका क्रममा समसामयिक राजनीतिक विषयवस्तुमा संक्षिप्त छलफल भएको बुझिएको छ ।