७ कार्तिक २०८३, शनिबार

जाँचबुझ आयोगमा आजबाट सशस्त्रका आईजीपी अर्यालको बयान

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ‘जेनजी’ आन्दोलनका क्रममा घटेका घटनाबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले आजबाट सशस्त्र प्रहरी र नेपाल प्रहरी प्रमुखको बयान लिँदैछ ।

आयोगले आज सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालको बयान लिँदै छ । अर्यालको सकिएसँगै नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीको बयान लिइने छ ।

आईजीपी कार्की जेनजी आन्दोलनका क्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख (एआईजी) थिए ।

आयोगले तत्कालीन आईजीपी चन्द्रकुबेर खापुङको बयान लिइसकेको छ ।