९ असार २०८३, मंगलबार

कुलेश्वरबाट झण्डै ६० लाखसहित एकजना पक्राउ

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंको कुलेश्वरबाट झण्डै ६० लाख रकमसहित एकजना व्यक्ति पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका–१४ कुलेश्वरस्थित चुन्ने पाखा टोलबाट प्रहरीले स्रोत नखुलेको ५७ लाख ४७ हजार ३ सय ५० रुपैयाँ सहित हुन्डी कारोबारमा संलग्न काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका ९ घर भइ हाल कुलेश्वर बस्ने वर्ष ३४ को सरोज श्रेष्ठलाई पक्राउ गरेको हो।

श्रेष्ठविरूद्व काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिइ अनुसन्धान थालिएको छ ।