८ श्रावण २०८३, शुक्रबार

‘बत्ती बाल्ने सर’ हाम्रो बाटोमा तगारो बने : हर्क साम्पाङ

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले ऊर्जामन्त्री कुलमान घिसिङले आफ्नो राजनीतिक यात्रामा बाधा पुर्‍याउन लागेको आरोप लगाएका छन्।

काठमाडौंमा आयोजना गरिएको आमसभामा बोल्दै साम्पाङले घिसिङको नाम नलिइकन “बत्ती बाल्ने सर” भनेर आलोचना गर्दै, दोहोरो चरित्रका व्यक्तिहरू नेतृत्वका लागि खतरनाक हुने टिप्पणी गरे।

साम्पाङले भने, “हाम्रो बाटो छेक्न धेरै मान्छे प्रयोग हुन्छन्। अहिले बत्ती बाल्ने एक जना सरलाई देखाएर श्रम संस्कृतिको बाटो रोकिने प्रयास भयो।”

उनले आफू कुनै जाति वा समुदायलाई नभई केवल व्यक्तिलाई लक्षित गरी बोलिएको दाबी गर्दै थपे, “नेतृत्व प्रष्ट हुन्छ, कन्फ्युज्ड हुँदैन। दोहोरो चरित्रका मान्छे खतरनाक हुन्छन्। श्रम संस्कृति पार्टी यस्ता तगारोबाट रोकिँदैन।”

Skip This