१ कार्तिक २०८३, शनिबार

सानिमा बैंकले मनायो २१औं वार्षिकोत्सव

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सानिमा बैंक लिमिटेडले २१औँ वार्षिकोत्सव मनाएको छ । बैंकले मंसिर २१ गते आफ्नो स्थापनाको २१औं वर्ष पूरा गरेको हो ।

यसै अवसरमा बैंकले आफ्ना ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई बैंकिङ्ग यात्राभर निरन्तर सहयोग प्रदान गरेकोमा धन्यवाद ज्ञापन गरेको छ ।

बैंकको प्राङ्गणमा आयोजित एक कार्यक्रममा सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पवनकुमार आचार्यले बैंक २१ वर्ष पूरा भएकोमा बैंकका कर्मचारी, ग्राहक तथा सरोकारवालाहरुलाई बधाई ज्ञापन गर्दै सबै कर्मचारीहरुलाई संगै अघि बढेर बैंकको लक्ष्य प्राप्त गर्न सामूहिक प्रयासकालागि प्रोत्साहन गरे ।

सानिमा बैंकको सातै प्रदेशमा हाल १३४ वटा कार्यालयहरु र १२७ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।