१७ असार २०८३, बुधबार

‘पाँडे’ को निर्देशनमा बनेको चलचित्र ‘झरीपछिको इन्द्रेणी’ को ट्रेलर सार्वजनिक

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ ले निर्देशन गरेको चलचित्र ‘झरीपछिको इन्द्रेणी’ को ट्रेलर सार्वजनिक भएको छ ।

आज राजधानीमा आयोजित एक कार्यक्रमकाबीच चलचित्रको २ मिनेट ५५ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो । पाँडेको यो निर्देशनमा डेब्यू चलचित्र हो ।

ट्रेलरमा भ्रष्टाचार र बेथितिविरुद्धको अवाज उठाइएको छ । नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको यसै चलचित्रबाट अभिनेता गणेश उप्रेतीले लामो समयपछि कमव्याक गर्दैछन् ।

चलचित्रमा गणेशसहित रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राईको अभिनय छ । यो चलचित्र आगामी पौष ४ गते रिलिज हुनेछ ।