काठमाडौं । लामिनार भिट्रिफाईड टायलले ‘लामिनार–मेरो सपनाको घर’ नामक नेपालकै पहिलो किसिमको कोठा र बाथरूम मेक–ओभर अभियान सुरु गरेको छ । अभियानको सिर्जनात्मक नेतृत्व मिस नेपाल–२०१६ तथा ईन्टेरियर डिजाइनर अस्मी श्रेष्ठले गरिरहेकी छिन् ।
यस अभियानअन्तर्गत विजेता दुई नेपाली परिवारले आफ्नो घरको एक कोठा तथा एक बाथरूम को पूर्ण रूपान्तरण निःशुल्क प्राप्त गर्नेछन् । कम्पनीका अनुसार मेक–ओभर यी प्रतिष्ठित डिजाइन र लाइफस्टाइल ब्रान्डहरूको सहकार्यमा कार्यान्वयन हुनेछ– मेटलवुड फर्निचर, कोहलर सेनेटरीवेयर, ब्रिलियन्ट लाइटिंग तथा एम्पोरियोस फर्निसिङ ।
कसरी सहभागी हुने ?
१) ३० सेकेन्डदेखि ३ मिनेटसम्मको भिडियो बनाउनुहोस्, जसमा किन तपाईंको कोठा (र आवश्यक परे बाथरूम)लाई किन मेकओभर चाहिन्छ भनेर भन्नुहोस्,
२) यो भिडियोलाई पब्लिक रूपमा टिकटक र इन्स्टाग्राम र फेसबुकमा पोस्ट गर्नुहोस्
३) लामिनार्टिल्सलाई ट्याग गर्नुहोस् र #लामिनारमेरोसापनाकोघर
ह्यासट्याग प्रयोग गर्नुहोस् ।
छनोट प्रक्रिया
प्रविष्टि भिडियोहरूको मूल्यांकन लामिनार, यसको क्रिएटिभ एजेन्सी, तथा प्रोजेक्ट इन्टेरियर डिजाइनर अस्मी श्रेष्ठसहितको आन्तरिक समितले गर्नेछ । विजेताहरूको छनौट कथाको प्रस्तुति, आवश्यकता, रचनात्मकता र इन्गेजमेन्टका आधारमा गरिने कम्पनीले जनाएको छ ।
घर मेक–ओभर प्याकेज
प्रत्येक विजेताले निम्न वस्तु तथा सेवाहरू प्राप्त गर्नेछन्–
–प्रिमियम सामग्री
–पूर्ण इन्टेरियर डिजाइन
–टर्नकी कार्यान्वयन
–बिफोर–डुरिङ–आफ्टर फोटोरभिडियो डकुमेन्टेशन
भिडियो अपलोड गर्ने अन्तिम मितिः २०२६ जनवरी २
विजेता घोषणा मितिः २०२६ जनवरी ७
लामिनार र यसका सहकार्यी ब्रान्डहरूले राम्रो डिजाइनको सहायताले नेपाली घरहरूलाई आकर्षक, उपयोगी र आरामदाई स्थानका रूपान्तरण गर्न सकिन्छ भन्ने सन्देश दिन चाहेको कम्पनीले जनाएको छ ।








प्रतिक्रिया