२९ आश्विन २०८३, बिहिबार

कर्णाली याक्सविरुद्ध टस जितेर बलिङ गर्दै जनकपुर बोल्ट्स

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आफ्नो अन्तिम खेलमा साविक विजेता जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा जनकपुरका कप्तान जान निकोल लोफ्टी इटोनले टस जितेर बलिङको निर्णय लिएका हुन् ।

जनकपुर सान्त्वना जितको लक्ष्यमा छ । यसअघि काठमाण्डू, सुदूरपश्चिम, विराटनगर, पोखरा र लुम्बिनीसँग हार व्यहोरेको जनकपुरले चितवनविरुद्ध जित निकालेको थियो ।

यता कर्णाली पनि जितका साथ प्रतियोगिताको अन्त्य गर्न चाहन्छ । यसअघि चितवन, सुदूरपश्चिम, विराटनगर, काठमाण्डू र पोखरासँग हार व्यहोरेको कर्णालीले लुम्बिनी लायन्सविरुद्ध जित निकालेको थियो ।