८ कार्तिक २०८३, आइतबार

पोखरा विमानस्थलमा भ्रष्टाचार : पूर्वअर्थमन्त्री महतसहित ५५ जनाविरुद्ध मुद्दा दायर गर्ने तयारी

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको निष्कर्ष निकाल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वअर्थमन्त्री रामशरण महतसहित ५५ जनाविरूद्व भ्रष्टाचार मुद्दा दायर गर्ने तयारी गरेको छ ।

अख्तियारले विमानस्थल निर्माणमा अस्वाभाविक रूपमा लागत बढाई सरकारलाई हानी गरेको निष्कर्ष निकाल्दै मुद्दा दायर गर्ने तयारी गरेको हो ।

प्रतिवादीमा महतसँगै क्यानका तत्कालीन महानिर्देशक रतिस चन्द्रलाल सुमन, प्रोजेक्ट म्यानेजर तथा हालका निलम्बित महानिर्देशक प्रदीप अधिकारीलगायत छन्।

अधिकारी केही दिन अघि नलिन्चोकको हेलिप्याड निर्माणका क्रममा भ्रष्टाचार मुद्दामा पक्राउ परेर हिरासतमा छन्।