१३ असार २०८३, शनिबार

नागरिकता नपाएर बर्दियामा युवतीले ज्यान दिएको प्रकरण : छानबिन समिति गठन

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बर्दियामा एक युवतीले आत्महत्या गरेको प्रकरणको अनुसन्धानका लागि छानबिन समिति गठन भएको छ ।

बर्दियाको बढैयाताल–४ कि एक युवतीले नागरिकता नपाएको भन्दै आत्महत्या गरेकी बताइएको छ ।

गृह मन्त्रालयका सहसचिव तथा नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीको संयोजकत्वमा छानविन समिति गठन गरिएको हो।

समितिमा मन्त्रालयकै उपसचिव कुलशेखर अर्याल र एक जना सदस्य रहने छन् । समितिलाई पाँच दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।