२९ जेष्ठ २०८३, शुक्रबार

राष्ट्रिय राजनीतिको चुनौती सामना गर्न ओलीलाई फेरि नेतृत्वमा ल्याउन खोजेका हौँ : शंकर पोखरेल

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय राजनीतिको चुनौतीहरू सामना गर्नसक्ने योग्य नेता भएकाले केपी शर्मा ओलीलाई नै फेरि पार्टीको नेतृत्व प्रदान गर्न लागिएको बताएका छन् । आज पार्टी मुख्यालय च्यासलमा पार्टीको ११औँ महाधिवेशन प्रचार समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

महासचिव पोखरेलले ओली मुलुकको राजनीतिको चुनौतीलाई सामना गर्नसक्ने योग्य नेता भएको यथार्थलाई सबैले बुझ्नुपर्ने समेत उल्लेख गरे । राष्ट्रिय राजनीतिको चुनौतीलाई सामना गर्न, पार्टीको प्रतिष्ठा र भविष्यलाई सुरक्षित गर्न पनि ओलीलाई पुनः पार्टी अध्यक्ष बनाउनुपर्ने उनको तर्क थियो ।

महासचिव पोखरेलले पार्टीमा एकताको खाँचो रहेको औँल्याउँदै एकताबद्ध भएर अघि बढन पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे । उनले पार्टी नेतृत्व ओलीमाथि चौतर्फी घेराबन्दी गरेर मुलुकलाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बनाउन खोजिएको उल्लेख गर्दै त्यसलाई बुझेर पार्टी पंक्ति अघि बढ्नुपर्ने बताए ।

“यतिबेला हाम्रो पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि जुन चौतर्फी आक्रमण र घेराबन्दी हामीले देखिरहेका छौँ । म तपाईंहरूलाई के कुरा भन्न चाहन्छु भने त्यो आक्रमण र घेराबन्दी व्यक्ति केपी शर्मा ओलीमाथिको घेराबन्दी र आक्रमण होइन । एमाले पार्टी, त्यसले अवलम्बन गर्ने नीतिहरू र नेपाल राष्ट्रलाई कमजोर बनाउनका लागि गरिएको घेराबन्दी हो, आक्रमण हो भन्ने कुरालाई हामीले बुझ्नुपर्दछ,“ उनले भने । न्युज एजेन्सी नेपाल