३१ जेष्ठ २०८३, आइतबार

लमहीमा गोली चल्यो, एक युवक घाइते

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ । दाङको लमही बजारमा शनिबार अपराह्न गोली चलेको छ । मोटरसाइकलमा आएका युवकले लमही नगरपालिका–५ स्थित लमही गल्लीमा हरेको जुनतारा सुनचाँदी पसलमा गोली चलाएका हुन् ।

गोली लागेर एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय, दाङमा प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताए । उनका अनुसार, घाइते भएका दिपक सुनारलाई लमही अस्पतालमा भर्ना गरिएको छ । उनको अवस्था खतरामुक्त रहेको छ ।