२४ जेष्ठ २०८३, आइतबार

जेनजी आन्दोलन छानबिन : उच्च अधिकारीको बयान अर्को सातादेखि

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षति सम्बन्धी छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगले उच्च तहका अधिकारीहरूको बयान आगामी साताबाट सुरु गर्ने तयारी गरेको छ।

आयोगका सदस्य तथा प्रवक्ता विज्ञानराज शर्माका अनुसार नेपाल प्रहरीका तत्कालीन र वर्तमान महानिरीक्षक पहिलो चरणमा बयान दिन बोलाइनेछन्। त्यसपछि तत्कालीन गृहमन्त्री रमेश लेखक लगायतको बयान प्रक्रिया अघि बढाइनेछ।

उनका अनुसार एक जना व्यक्तिको बयानमा ३–४ दिन लाग्ने भएकाले समय व्यवस्थापन चुनौतीपूर्ण बनेको हो। आयोगलाई प्रतिवेदन बुझाउन पुस ८ गतेसम्मको म्याद दिइएको छ।

प्रवक्ता शर्माले भने, “सम्भव भए समय थप्न नपरोस् भन्ने उद्देश्यले काम गरिरहेका छौँ, आवश्यक परे मात्र न्यूनतम अवधि थप्नुपर्नेछ।”