२५ असार २०८३, बिहिबार

उद्घाटन खेलमा कराची र ट्रान्सफोर्ट युनाइटेड भिड्ने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा आजदेखि काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साफ महिला क्लब च्याम्पियनसिप सुरु हुँदै छ । आज दशरथ रंगशालामा अपराह्न २ बजे प्रतियोगिताको उद्घाटन गर्ने तालिका छ ।

दक्षिण एसियाका सातमध्ये पाँच राष्ट्रका महिला टिमको सहभागिता रहने प्रतियोगितामा आज दुई खेल हुँदै छ । प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तानी टिम कराची एफसी र भुटानी टिम ट्रान्सपोट युनाइटेड लेडिज एफसीबीच प्रतिस्पर्धा हुनेछ ।

आजै हुने दोस्रो खेलमा घरेलु टोली सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लब र बंगलादेशी टिम नस्रिन स्पोटर्स एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ । खेल दशरथ रंगशालामै साँझ ६ बजे हुनेछ । प्रतियोगितामा पाकिस्तानको कराची सिटी एफसी, भुटानको ट्रान्सफोर्ट युनाइटेड लेडिज एफसी, बंगलादेशको नस्रिन स्पोर्टस एकेडेमी, भारतको इस्ट बंगाल एफसी र नेपालको एपीएफ फुटबल क्लबको सहभागिता छ ।

यी सबै आ–आफ्नो देशका महिला लिग च्याम्प्यिन हुन् । प्रतियोगिता आगामी डिसेम्बर २० सम्म हुनेछ । ‘सिङ्गल राउन्ड रोबिन’को आधारमा सञ्चालन हुने प्रतियोगितामा शीर्ष दुई टिमले फाइनलमा स्थान बनाउनेछ ।