१२ श्रावण २०८३, मंगलबार

सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘वीन्टर इभी सर्भिस एण्ड एक्सचेन्ज क्याम्प २०२५’ घोषणा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । टाटा मोटर्सका लागि नेपालका अधिकृत वितरक सिप्रदी ट्रेडिङ प्रा.लि. ले टाटा ईभी प्रयोगकर्ताका लागि विशेष सर्भिस क्याम्प २०२५ घोषणा गरेको छ। जाडो मौसममा ईभीको प्रदर्शन र सुरक्षालाई थप सुदृढ बनाउन विशेष रूपमा आयोजना गरिएको यो सर्भिस क्याम्प डिसेम्बर ७ देखि १०, २०२५ सम्म सञ्चालन हुनेछ।

कम्पनीका अनुसार, क्याम्पमा सहभागी हुने ईभी ग्राहकहरूले विभिन्न सेवा निःशुल्क पाउनेछन्। जसमा निःशुल्क लेबर चार्ज, निःशुल्क टप वास, निःशुल्क कम्प्युटर परीक्षण, निःशुल्क ब्याट्री तथा इलेक्ट्रिकल जाँच, सस्पेन्सन र ब्रेक चेक तथा १० प्वाइन्ट सम्पूर्ण सर्भिस जाँच समावेश छन्। साथै आवश्यक स्पेयर पार्ट्स र लुब्रिकेन्टमा १८ प्रतिशतसम्म छुट उपलब्ध हुने भएकाले ग्राहकलाई सर्भिस प्रक्रिया अझ किफायती र सहज हुने कम्पनीले जनाएको हो।

यस क्याम्पमा नियमित ईभी सर्भिससँगै ईभी एक्सचेन्ज सुविधा पनि उपलब्ध हुनेछ, जसले नयाँ टाटा ईभी किन्न इच्छुकलाई थप सहजता र लाभ प्रदान गर्ने कम्पनीको दाबी छ। सिप्रदीका अनुसार, यो पहलले ग्राहकलाई वर्षभर सुरक्षित, विश्वसनीय र सहज विद्युतीय सवारी अनुभव दिलाउने लक्ष्य राखेको छ।

ग्राहक मैत्री सेवा र दिगोपनलाई प्राथमिकता दिंदै सिप्रदी ट्रेडिङले आगामी दिनहरूमा पनि यस्ता उपयोगी तथा प्रभावकारी अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। कम्पनीका अनुसार, यो सर्भिस क्याम्प केवल नियमित मर्मत मात्र नभई टाटा ईभी प्रयोगकर्ताका लागि आत्मविश्वास बढाउने महत्वपूर्ण सहयोग अभियान हुने विश्वास लिइएको छ ।