२१ असार २०८३, आइतबार

‘द ब्ल्यू लाइट’को पोस्टर सार्वजनिक

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चलचित्र ‘द ब्ल्यू लाइट’को नयाँ पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा सिनेमाका मुख्य तीन कलाकार फिचर्ड छन् ।

बेनिशा हमाल, महेश त्रिपाठी र ग्रिस्मा कटुवाल पोस्टरमा फिचर्ड छन् । पोस्टरको केन्द्रमा अभिनेत्री बेनिशा हमाल छिन् । सबैभन्दा ठूलो आकृतिमा उनी प्रशन्न मुद्रामा देखिएकी छन् ।

बलिराम चौहानको निर्देशन रहेको ‘द ब्ल्यू लाइट’ पुस १० गतेबाट प्रदर्शन हुँदै छ । ‘द ब्ल्यू लाइट’को प्रमुख भूमिकामा बेनिशा हमाल, अर्पण थापा, आयुसमान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानी छन् । यस्तै चलचित्रको बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन् ।

साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भइरहेको चलचित्रलाई स्काइफल पिक्चर्सले प्रस्तुत गर्दैछ । ‘द ब्ल्यू लाइट’को को–प्रोडुसरको रुपमा रमन ग्रे रहेका छन् । चलचित्रको छायांकन नरेन्द्र मैनालीले गरेका छन् ।