काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने भारत भ्रमणका लागि दिल्ली आइपुगेका छन् । पुटिनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफै विमानस्थल पुगेर स्वागत गरे । पुटिनको सम्मानमा विमानस्थलमा रातो कार्पेट ओछ्याइएको थियो ।
रुस–युक्रेन युद्ध सुरु भएपछि यो पुटिनको पहिलो भारत भ्रमण हो । मोदीले आज राति पुटिनको सम्मानमा एक निजी रात्रिभोज आयोजना गर्नेछन् ।
पुटिनको भारत आउनुअघि रुसी मन्त्रीहरू दिल्ली आइपुगेका थिए । रुसी उपप्रधानमन्त्री डेनिस मान्टुरोभ, रक्षामन्त्री सर्गेई शोइगु र कृषिमन्त्री दिमित्री पेट्रोभ लगायत दिल्ली आइपुगेका हुन् ।
भ्रमणको क्रममा पुटिनले शुक्रबार २३ औं भारत–रूस वार्षिक शिखर सम्मेलनमा भाग लिनेछन् । सम्मेलनमा अमेरिकाले भारतमाथि लगाएको प्रतिबन्ध, व्यापार र ऊर्जा साझेदारीमा छलफलसँगै रक्षा सहयोगबारे छलफल हुने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।









प्रतिक्रिया