१० असार २०८३, बुधबार

एमालेको महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने, टेन्डर आह्वान

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा एमालेको आगामी महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने भएको छ ।

यसअघि चितवनमा भएको दशौँ राष्ट्रिय महाधिवेशनमा पनि विद्युतीय भोटिङ मेसिनकै प्रयोग भएको थियो ।

विद्युतीय भोटिङ मेसिन प्रयोगका लागि टेन्डर आह्वान भइसकेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । महाधिवेशनबाट १५ पदाधिकारीसहित २५१ जना केन्द्रीय कमिटी चयन हुनेछ ।