५ श्रावण २०८३, मंगलबार

सिटिजन्स बैंकलाई लगातार दोस्रो वर्ष ‘बैंक अफ द ईयर’ अवार्ड

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विश्वप्रसिद्ध ‘बैंक अफ द ईयर २०२५’ अवार्ड प्राप्त गर्दै लगातार दुई वर्षसम्म यो प्रतिष्ठित सम्मान हात पार्न सफल भएको छ। लण्डनस्थित फाइनान्सियल टाइम्सद्वारा डिसेम्बर ३ मा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष प्रवलजङ्ग पाण्डे र सीईओ गणेशराज पोखरेलले अवार्ड ग्रहण गरेका हुन्।

यसअघि ‘बैंक अफ द ईयर २०२४’ अवार्ड समेत जितिसकेको सिटिजन्स बैंकले निरन्तर उत्कृष्ट प्रदर्शनका कारण पुनः विश्वस्तरको मान्यता पाएको हो। सो समारोहमा १२५ भन्दा बढी देशका करीब ४०० बैंक अधिकारीहरूको सहभागिता थियो।

अध्यक्ष पाण्डेले लगातार दोस्रो वर्ष विश्वकै प्रतिष्ठित बैंकिङ सम्मान हात पार्नु बैंकका लागि गौरवको विषय भएको बताए। सीईओ पोखरेलका अनुसार यो सफलता कर्मचारीहरूको कडा मेहनत तथा सरोकारवालाको सहयोगको परिणाम हो।

फाइनान्सियल टाइम्सले हरेक वर्ष विभिन्न देशका बैंकहरूको प्रदर्शन मूल्यांकन गरेर यो अवार्ड प्रदान गर्दै आएको छ। नेपालमा अहिलेसम्म जम्मा ९ बैंकले मात्र यो अवार्ड जितेका छन्।

सिटिजन्स बैंकले हालै विभिन्न आधुनिक डिजिटल सेवाहरू सुरु गरेको छ, जसमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’, ‘जेन–जी सेभिङ्ग अकाउन्ट’, ‘डिजी बैंक’ अनलाइन प्लेटफर्म, फ्रिलान्सर लक्षित बचत खाता, मोबाइल बैंकिङमार्फत शेयर आवेदन तथा सीआरएन नम्बर सुविधा र क्रस–बैंक टेलर सेवा रहेका छन् ।

बैंकले देशभरका ६१ जिल्लामा रहेको २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत १९ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको छ।