काठमाडौं । भारतको छत्तीसगढको दन्तेवाडा सीमामा प्रहरी र माओवादी लडाकुबीच भीषण भिडन्त भएको छ । भिडन्तमा १२ जना माओवादी मारिएका छन् ।
मारिनेमा जिल्ला रिजर्भ गार्डका तीन कर्मचारी पनि छन् । विजापुर–दन्तेवाडा अन्तरजिल्ला सीमा क्षेत्रको पश्चिम बस्तर डिभिजन क्षेत्रमा डीआरजी दन्तेवाडा–बिजापुर, विशेष कार्य बल, कोब्रा, सीआरपीएफको संयुक्त टोलीद्वारा संयुक्त खोजी अभियान सञ्चालन गरिरहेको छ ।
घटनास्थलबाट एसएलआर ३०३ राइफलसहित अन्य हतियार र गोला बारुद पनि जफत गरिएको छ।








प्रतिक्रिया