३१ जेष्ठ २०८३, आइतबार

वाचक प्रवीण पण्डित पोखरेलद्वारा योगा भवनको उद्घाटन

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलवस्तु । बाचन प्रवीण पण्डित दिनबन्धु पोखरेलले बुड्ढि तालमा निर्मित योगा भवनको उद्घाटन गरेका छन् ।

बुद्धभूमि योग तथा आध्यात्मिक केन्द्र कपिलवस्तुले गत बर्ष आयोजना गरेको श्रीमद भागवत ज्ञान महायज्ञ मार्फत संकलन गरेको बजेटबाट योगा भवन निर्माण सम्पन्न भएको हो । योगा भवनमा करिब एक पटकमा १५० जना सम्मले योगा गर्न सकिने २४०० वर्ग फुटको सभाहल सहित ४ वटा कोठाहरु रहेका छन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले आफूले वाचन गरेर संकलन भएको रकमबाट १९÷२० महिना मै स्थान खोजेर भवन सम्पन्न भएको देशमै पहिलो भएको बताए । कतिपय ठाउँमा आफूहरुले मेहनत गरेर उठाईदिएको रकम हिनामिना भएको देख्दा मन कुटुक्क दुख्ने गरेको बेला बुद्धभूमिले गरेको सतप्रयासले आफू प्रसन्न भएको धारणा राखे ।

कार्यक्रममा पूर्वमन्त्री तथा संविधानसभा सदस्य दीपकुमार उपाध्यायले बुद्धभूमिका नागरिकले गरेको कामले आफूलाई प्रफुल्ल बनाएको बताउँदै आगामी दिनमा आफूले जस्तो सुकै सहयोग गर्न पनि तयार रहेको प्रतिवद्वता व्यक्त गरे ।

कपिलधामका प्राचार्यहरु शंकर प्रसाद आचार्य , आत्माराम आचार्य, पतन्जली योगका जिल्ला सदस्य राजेन्द्रराज आचार्य, नगर सभापति लोकनाथ पोखरेल, वडा अध्यक्षहरु सुशिल कुमार चौधरी, विकास आचार्य र रोम बहादुर थापा लगायत कार्यक्रममा सहभागी थिए ।

वरिष्ठ उपाध्यक्ष टेकराज पौडेलले सन्चालन गरेको खुला सत्रको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष रुपेश कुमार श्रेष्ठले गरेका थिए । संस्थाको साधरण सभामा कोषाध्यक्ष रोमाखर पाण्डेले भवन निर्माणको आयब्यय प्रस्तुत गरेका थिए ।