२१ जेष्ठ २०८३, बिहिबार

क्यानका महानिर्देशक अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा सातजनाविरूद्व मुद्दा दायर गरेको हो ।

भक्तपुरको नलिञ्चोक हेलिप्याडमा भ्रष्टाचार भएको भन्दै प्रदीप अधिकारीसहित निर्देशक मुरारी भण्डारी, उपप्रबन्धक इन्जिनियर समृद्धि श्रेष्ठ, प्रबन्धक नवलविक्रम थापा, अभियन्त्र कन्सलटिङ प्रालि र सो प्रालिका प्रमुख विजय थापा, निजी इन्जिनियर गुरुदत्त अधिकारीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ ।

उनीहरूसँग जनही १३ करोड ५७ लाख ४६ हजार २१३ रूपैयाँ ७७ पैसा बिगो दाबी र कैद तथा जरिवाना माग गरिएको छ । अधिकारीलाई अख्तियारले आजै पक्राउ गरेको थियो ।