६ श्रावण २०८३, बुधबार

मेरो उम्मेदवारी अध्यक्ष र महासचिव बाहेकमा हुन्छ : विष्णु पौडेल

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले पार्टीको ११औँ महाधिवेशनमा आफू अध्यक्ष र महासचिवको दावेदार नरहेको स्पष्ट पारेका छन् ।

आज प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफू अध्यक्ष र महासचिव बाहेक साधारण सदस्यको दावेदार मात्रै रहेको बताएका हुन् । आफूले अध्यक्ष केपी शर्मा ओलीलाई समर्थन गरिसकेको पनि उनले बताए ।

उनले भने, म महासचिवको उम्मेदवार होइन, म यसअघि नै महासचिव भएर काम गरिसकेको मान्छे हु, ११ औँ महाधिवेशनमा मेरो उम्मेदवारी हुन्छ तर अध्यक्ष र महासचिव बाहेकमा हुन्छ, मैले अध्यक्षमा केपी ओलीलाई समर्थन गरिसकेको छु, महासचिव पहिला नै भइसकेको छु, त्यसैले काहीँ न काहीँ उम्मेदवारी त हुन्छ, तर त्यो पछि नै तय हुन्छ।

उनले एमालेका साढे ६ लाख कार्यकर्तामध्ये आफू पनि एक सदस्य भएको भन्दै आफूजस्ता हजारौँ हजार कार्यकर्ता रहेकाले आफ्नो ठाउँ के हुन्छ भनेर चिन्ता नगर्ने बताए ।