४ श्रावण २०८३, सोमबार

चार महिनामा वीरगन्ज भन्सारले उठायो ३३ अर्ब राजस्व

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो चार महिनामा पाँच प्रकारका पेट्रोलियम पदार्थको आयातबाट २२ अर्ब ९० करोड र यातायातका साधन एवं तिनका पार्टपुर्जाबाट १० अर्ब १० करोड रुपैयाँ राजस्व उठाएको छ ।

कार्यालयले चार महिनामा फलाम तथा फलामबाट बनेका सामानबाट चार अर्ब ५८ करोड, कपडाबाट चार अर्ब २५ करोड, मेसिनरी तथा पार्टपुर्जाको आयातबाट तीन अर्ब १७ करोड रुपैयाँ राजस्व संकलन गरेको हो ।

त्यस्तै, इलेक्ट्रिक मेसिनरी, उपकरण र तिनका पार्टपुर्जा आयातबाट कार्यालयले तीन अर्ब सात करोड राजस्व संकलन गरेको छ ।

चार महिनामा वीरगन्जबाट दुई खर्ब ८४ अर्ब ८९ करोड मूल्यबराबरका वस्तु आयात भएका छन् । कार्यालयले चालु आवमा ७५ अर्ब ५९ करोड राजस्व संकलन गरेको जनाएको छ । रासस