७ श्रावण २०८३, बिहिबार

मुख्यमन्त्री अनुपस्थित भएपछि मधेश प्रदेश सभा बैठक स्थगित

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर । मधेश प्रदेश सभा बैठक आज २ बजेसम्मका लागि स्थगित भएको छ ।

मुख्यमन्त्री सरोजकुमार यादवले आज बैठकमा विश्वासको मत लिने कार्यसूची रहेकोमा मुख्यमन्त्री यादव स्वयम् अनुपस्थित रहेका थिए । प्रस्तावक स्वयम् अनुपस्थित भएकाले उपसभामुख बबिता कुमारी राउत इसरले आज २ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेकी छन् ।

सर्वोच्च अदालतले गत सोमबार मुख्यमन्त्री सरोज कुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो । हिजो मंगलबार मुख्यमन्त्री यादवले बेलुका पत्रकार सम्मेलनमार्फत आफूले ढिलो पत्र प्राप्त गरेकोले आज बिहान विश्वासको मत लिने जानकारी गराएका थिए ।

बिहान ८ः३० बजे बस्ने भनिएको मधेश प्रदेश सभा बैठक १०ः३० मा सुरु भएको थियो । मुख्यमन्त्री यादव बैठकमा अनुपस्थित रहेका थिए ।