काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८ सय रुपैयाँले बढेको हो । मंगलबार २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर तोलामा २ लाख ५४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार ३५ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ११० रुपैयाँले बढेर ३६ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।








प्रतिक्रिया