२३ असार २०८३, मंगलबार

मधेशमा तोकियो धानको न्यूनतम समर्थन मूल्य

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही । मधेश प्रदेश सरकारले यस वर्षका लागि धानको न्यूनतम समर्थन मूल्य तोकेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले किसानलाई सुनिश्चित मूल्य उपलब्ध गराउने उद्देश्यले विभिन्न वर्गका धानको मूल्य निर्धारण गरेको हो । मोटो धानको मूल्य प्रति क्विन्टल ४ हजार रुपैयाँ तय गरिएको छ ।

त्यस्तै, मध्यम धानको न्यूनतम मूल्य ४ हजार २ सय रुपैयाँ तोकिएको छ ।

यसैगरी, चैते धानका लागि सरकारले प्रति क्विन्टल ३ हजार रुपैयाँ समर्थन मूल्य निर्धारण गरेको छ । सरकारले तोकेको यो मूल्यले प्रदेशभरि रहेका धान उत्पादक किसानलाई राहत मिल्ने विश्वास लिइएको छ ।