२३ जेष्ठ २०८३, शनिबार

कुलमानको उपस्थितिमा आज उज्यालो नेपालको घोषणा हुँदै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा हुँदैछ । पार्टीले दिउँसो १ बजेदेखि ४ बजेसम्म काठमाडौंको प्रज्ञा भवनमा घोषणा सभा गर्न लागेको हो ।

कार्यक्रमका प्रमुख अतिथि ऊर्जामन्त्री समेत रहेका पार्टीका संरक्षक घिसिङ नै हुनेछन् ।

कार्यक्रममा पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणापत्र २०८२, औपचारिक रूपमा सार्वजनिक गरिने बताइएको छ ।

पार्टीको सैद्धान्तिक दृष्टिकोण, प्राथमिकता र कार्य योजनालाई स्पष्ट रूपमा सार्वजनिक गर्ने पार्टीको तयारी छ । पार्टीले यसअघि मंसिर १२ गते जारी गरेको विज्ञप्तिमा दलहरूको भीडमा थप एक नयाँ दलको रूपमा मात्रै नभई उज्यालो सपना साकार पार्न सक्ने नेतृत्व, कार्यकुशलता र अनुभव भएको दाबी गरेको थियो ।