२५ असार २०८३, बिहिबार

दुर्गा प्रसाईंलाई सरकारले वार्तामा बोलायो

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले दुर्गा प्रसाईंलाई पत्र पठाउँदै वार्तामा आउन औपचारिक आग्रह गरेको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले प्रसाईंलाई पत्र लेखेर मंसिर २२ गते वार्तामा आउन आग्रह गरेको हो । प्रसाईंलाई सम्बोधन गरिएको सो पत्रमा प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठको हस्ताक्षर छ ।

सो पत्र प्रसाईं नेतृत्वको नागरिक बचाउ महाअभियानको अर्थ तथा ऋणी एसोसिएसन प्रमुख देवीप्रसाद संग्रौलाले बुझेका छन् । यसअघि प्रसाईंले १२ मंसिरमा सिंहदरबारमा गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेटवार्ता गरेका थिए । सो भेटमा प्रसाईंले अहिलेको व्यवस्था खारेज हुनुपर्ने लगायतका २७ बुँदे माग बुझाएका थिए ।