२३ असार २०८३, मंगलबार

फिल्म ‘पीआर’को ट्रेलर रिलिज

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शोभित बस्नेतको निर्देशनमा निर्माण भएको फिल्म ‘पीआर’को ट्रेलर रिलिज भएको छ । मंगलबार निर्माण टिमले पत्रकार सम्मेलन गर्दै ३ मिनेट १ सेकण्ड लामो ट्रेलर रिलिज गरेको हो ।

ट्रेलरमा नेपालबाट पढ्नका लागि अष्ट्रेलिया पुगेका युवाहरुहरुको कथालाई वाचन गरिएको छ । ऋण खोजेर अष्ट्रेलिया पुगेका युवाहरुको सपना पीआर लिने भन्ने हुन्छ । तर यता नेपालबाट ऋणमा पठाएको छोराले पैसा पठाउन नसक्दा र उताको परिस्थिति बुझ्न नसक्दाको अवस्थालाई निर्देशक बस्नेतले पर्दामा उतारेका छन् । ट्रेलर हेर्दा फिल्ममा लभस्टोरी, बिछोड तथा आफ्नो देश आफ्नै हुनछ भन्ने सन्देश दिन खोजिएको छ ।

यही मंसिर २६ गतेबाट अल नेपाल रिलिज हुन लागेको यस फिल्मको प्रचारका लागि अष्ट्रेलियामा बसोबास गर्दै आएका आर ए सुरज पौडेल, विनिता कार्की नेपाल आएका छन् । उनीहरुको मुख्य भूमिका रहेको यस फिल्ममा राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायल प्रमुख भूमिकामा छन् । विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम केसी नेपाल, र दिक्पाल कार्कीलाई पनि देख्न सकिन्छ । यस फिल्मको ट्रेलरमा नीर शाहको बोलेको ‘नेपालीको जवानी अष्ट्रेलियामा लगानी’संवादले दर्शकको मन छुनेमा निर्माण पक्षको बुझाई छ ।

सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको यस फिल्मको प्रस्तुति रञ्जित साह र सन्तोष तिवारीको छ भने लक्ष्मण सापकोटा र प्रदीप दाहालले लगानी गरेका छन् । सौरभ सायमी र सौरभ लामाले फिल्मको छायांकन गरेको यस फिल्मलाई सम्पादन बन्दे प्रसादले गरेका छन् । साथै, गणेश बुढाथोकीको लेखन रहेको यस फिल्मका गीतमा मानस राजको संगीत, सनुप पौडेल र नीतु पुनको गायनलाई सुन्न सकिनेछ । फिल्ममा कोरियोग्राफी रामजी लामिछानेको छ भने वितरण आर आर फिल्म्सले गर्दैछ ।