३० असार २०८३, मंगलबार

एनआईसी एशिया बैंकका ग्राहकलाई दृष्टि आई केयर सिष्टममा सेवा लिँदा २० प्रतिशतसम्म छुट

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुले दृष्टि आई केयर सिष्टममा सेवा लिँदा विशेष छुट उपलब्ध हुने सम्बन्धमा हस्पिटल र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस सम्झौता पश्चात बैंकका ग्राहकहरुले काठमाडौंमा रहेको दृष्टि आई केयरमा उपलब्ध विभिन्न सेवाहरु उपयोग गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकका अनुसार ग्राहकहरुले यस हस्पिटलमा आँखा, नाक, कान तथा घाँटीसम्बन्धी उपचार गर्दा छुट सुविधा प्राप्त गर्न सक्नेछन् । ईएनटी एण्ड जेनरल सर्भिसअन्तर्गत ओपीडीमा २० प्रतिशत तथा इन्भेस्टिकेसनमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । साथै, आँखा उपचार गर्दा ओपीडी जेनरलमा २० प्रतिशत, अपरेसन चार्ज, सर्जरी प्याकेज तथा इन्भेस्टिकेसनमा ५ प्रतिशत, प्रयोगशालामा १० प्रतिशत र अप्टिकल प्रडक्टमा ७.५ प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नेछन् ।

यस सुविधाको उपयोग गर्न ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ । हस्पिटलसँगको यस सहकार्यले ग्राहकहरुलाई स्वास्थ्य उपचारमा सहयोग हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।