१६ असार २०८३, मंगलबार

मेटलाइफ नेपाल र बीमा गोजिमा एपबीच विशेष बीमा सुरक्षा प्याकेजहरु सार्वजनिक

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मेटलाइफ नेपालले आफ्नो डिजिटल पहुँच विस्तार गर्ने उद्देश्यका साथ, डिजिटल प्लेटफर्म बीमा गोजिमामार्फत पहिचान पाएको नियोअस्योर इन्स्योरेन्स एजेन्ट प्रालिसँग साझेदारी गर्दै ग्राहकहरूलाई मोबाइल एपबाटै सहज रूपमा खरिद गर्न सकिने विशेष बीमा सुरक्षा प्याकेजहरु सार्वजनिक गरेको छ ।

यस साझेदारीमार्फत बीमा गोजिमा सदस्यहरूका लागि विशेष रूपमा तयार गरिएको सरल ग्रुप अफिनिटी प्याकेज उपलब्ध हुनेछ । अब केही आधारभूत केवाईसी विवरण भरेर नै ग्राहकहरूले आफ्नो फोनबाटै आवश्यक बीमा सुरक्षा छान्न र खरिद गर्न सक्नेछन् जसले बीमा लिनु अझ छिटो, सजिलो र पहुँचयोग्य बनाएको छ ।

कम्पनीका अनुसार प्याकेजमा समावेश मुख्य सुरक्षाः

–टर्म लाइफ इन्स्योरेन्स

–एक्सिडेन्टल डेथ एण्ड पर्मानेन्ट टोटल डिसएबिलिटी

–क्रिटिकल इलनेस कभर – योजनामा समावेश गम्भीर रोग पुष्टि भएमा आर्थिक सहायता प्रदान गर्छ ।

–एक्सिडेन्टल मेडिकल रिइम्बर्समेन्ट – दुर्घटनाका कारण भएको उपचार खर्च कभर गर्छ ।

ग्राहकहरूले स्ट्यान्डअलोन टर्म लाइफ योजना वा आफ्ना आवश्यकताअनुसार टर्म लाइफ प्लस एक्सिडेन्टल डेथ एण्ड पर्मानेन्ट टोटल डिसएबिलिटी, टर्म लाइफ प्लस क्रिटिकल इलनेस, वा टर्म लाइफ प्लस एक्सिडेन्टल डेथ एण्ड पर्मानेन्ट टोटल डिसएबिलिटी प्लस क्रिटिकल इलनेस प्लस एक्सिडेन्टल मेडिकल रिइम्बर्समेन्ट जस्ता मिश्रित प्याकेजहरू छान्न सक्छन् ।

कम्पनीका अनुसार यस सहकार्यले डिजिटल–फस्ट ग्राहकहरूलाई सहज र आधुनिक बीमा यात्राको अनुभव प्रदान गर्दै बीमा सुरक्षणलाई अझ सुलभ बनाउने लक्ष्य राखेको छ । मेटलाइफ नेपाल र बीमा गोजिमा दुवैले सरल, किफायती र सबैले पहुँच पाउने बीमा समाधान विस्तार गर्ने साझा उद्देश्य बोकेको छन्, जसले नेपालको डिजिटल बीमा इकोसिस्टमलाई थप मजबुत बनाउनेछ ।

मेटलाइफ नेपालका प्रमुख वितरण अधिकृत अरुणबहादुर बस्नेतले भने, “हामी नेपाली ग्राहकलाई सरल र भरपर्दो बीमा सुरक्षण प्रदान गर्ने यात्रामा छौं । बीमा गोजिमा सँगको यो सहकार्य डिजिटल बीमा पहुँचलाई नयाँ स्तरमा लैजाने महत्वपूर्ण कदम हो । यसले ग्राहकलाई अझ सजिलो, छिटो र पारदर्शी तरिकाले आफ्नो भविष्य सुरक्षित गर्न मद्दत गर्नेछ ।”

मेटलाइफसँगको साझेदारी सम्बन्धमा नियोअस्योरको महाप्रबन्धक युगेन गौतमले भने, “मेटलाइफ नेपालसँगको हाम्रो साझेदारीले प्रविधि र विश्वसनीय सुरक्षाको शक्तिशाली पङ्क्तिबद्धतालाई प्रतिनिधित्व गर्दछ । यस सहकार्यले बीमा गोजिमाले गुणस्तरीय जीवन बीमालाई पहिलेभन्दा अझ पहुँचयोग्य बनाउँदैछ, ग्राहकहरूलाई सूचित निर्णयहरू गर्न र आफ्नो परिवारको भविष्य सुरक्षित गर्न सक्षम बनाउँदैछ ।”